Logo
१२ श्रावण २०८१, शनिबार
(July 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरायसी विवादमा बुहारीले गरिन् ६३ वर्षीया सासूको हत्या

धुलिखेल : काभ्रेको धुलिखेल नगरपालिका-१ देवीटारमा घरायसी विवादमा ६३ वर्षीया माइलीमाया तामाङको बुहारीद्वारा हत्या भएको छ ।

राति १० बजे बुहारी सुन्तली तामाङले भित्तामा टाउको ठोक्काइदिएर माइलीमायाको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

प्रहरीले घटनालगत्तै २४ वर्षीया सुन्तली र उनको श्रीमान उनका श्रीमान ३५ वर्षीय धावा तामाङलाई नियन्त्रणमा लिएको छ ।

टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति एक बजे मृत्यु भएको थियो ।

प्रकाशित मिति: Jul 17, 2019

प्रतिक्रिया दिनुहोस्