नहुने भयो समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकिकरण, ‘नेकपा प्रवेश गर्दै यादव र भट्टराई’
काठमाडौं : सत्तारुढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच अन्ततः एकिकरण नहुने भएको छ । एक महिनासम्म वार्ताको नाममा अध्यक्ष उपेन्द्र यादवले झुक्याउने कार्य मात्र गरेको भन्दै राजपा एकिकरण नगर्ने निश्चय गरेको श्रोतको दावी छ ।
‘जहाँसम्मकी डा. बाबुरामलाई समेत हामिले स्वीकार गर्न तयार भएका थियौं तर उपेन्द्रजीले हामिलाई झुक्याउने मात्र गरेको भन्दै राजपाका एक नेताले भने–‘यादवजी हामिसंग एकिकरण गर्ने भन्दै आफ्ना कार्यकर्तालाई थमथमाउने कार्य मात्र गरेका रहेछन् खासमा उहाँ नेकपासंग एकिकरण गर्ने प्रकृया थालिसकेका छन् ।’
हाल सरकारमा उपप्रधानमन्त्री समेत रहेका यादव र डा. भट्टराई दुवैजना बुजुर्वा र निकै पाखण्डी नेता रहेको भन्दै जतिबेलापनि रङ्ग फेर्न सक्ने देखिएकाले सपासंग अव एकिरणको चयाप्टर नै समाप्त भइसकेको उक्त नेताको भनाई रहेको छ ।
‘हामिल बैठकपछि मात्र आधिकारिक भनाई सार्वजनिक गर्नेछौं, अहिलेलाई यत्ति बुझ्नुस् सपासंगको एकिकरण च्याप्टर समाप्त भइसकेको छ’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने–‘यादव र डा. भट्राईलाई हामिले झेल्न सक्दैनौं, हामि हाम्रै राजपालाई बिशाल पार्टी बनाउने छौ, त्यसैपनि उहाँहरु पार्टी चलाउदैनन् उहाँहरु आफै नेकपामा मर्ज हुन लाग्नु भएको छ’
![](http://45.77.46.207/wp-content/uploads/2018/06/oli-prachand-upendra.jpg)
यता, नेकपा र अर्को सत्तारुढ दल समाजवादी पार्टीबीच एकीकरणका लागि अनौपचारिक रूपमा वार्ता हुन थालेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सपाका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच नियमित भेटघाट हुन थालेपछि पार्टी एकीकरणको चर्चा बाहिर आएको बताइएको छ ।
यसअघि गत शुक्रबार नेकपाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड दुवैले समाजवादीलाई एकीकरणका लागि प्रस्ताव गरेका थिए । यस्तै प्रचण्डले अर्को एक कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईलाई नेकपामा आउन आग्रह गरेका थिए ।
यस्तै प्रधानमन्त्री ओलीले बाबुराम मात्र नभई समाजवादीलाई नै एकीकरणका लागि प्रस्ताव गरेका छिन् । प्रधानमन्त्री ओलीले भनेका थिए, ‘बाबुरामजी मात्रै नभई समाजवादीका सबै नेतालाई आउन आग्रह गर्दछु । सबै जना मिलेर देश विकास गरौं ।’
यसबारे सपाका नेताहरुले कुने प्रतिकृया नदिएता पनि त नेकपा र समाजवादी पार्टीबीच सैद्धान्तिक कुरा मिल्दछन् जानकारहरु भन्छन् दुवै दलले आफूलाई समाजवादी भन्न रुचाउँछन् । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका विषयमा दुवै दल नजिक छन् । पूर्ण समानुपातिक संसद्को पक्षमा समाजवादी पार्टी रहेको छ भने नेकपाभित्र माओवादी पक्षधर पनि त्यसको पक्षमा छ ।