Logo
११ असार २०८२, बुधबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्धारको लागि हेलिकोप्टर स्टेनबाई, तर खराब मौसमका कारण सकेन जान

सिरहा : अविरल बर्षाका कारण कमला नदीको बाढीमा फसेका ५ जनाको उद्धारमा समस्या भएको छ । सिरहाको कल्याणपुर नपा ६ निर्दनामा पाँच जना र कर्जन्हा नगरपालिका २ को कमला नदीमा १ जना बाढीमा फसिरहेको प्रहरीले जनाएको छ ।

कमला नदीको मध्य भागमा गाई गोठ बनार बसेका कल्याणपुरका ५ जना फसेको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले जनाकारी दिए ।

फसेकाहरुका उद्धारको लागि काठमाडौंमा हेलीकोप्टर तयारीमा रहेको अधिकारीले बताए । उनले सवै निकायसँग समन्वय गरेर उद्धारको प्रयास भइरहेको छ । तर, अत्यधिक बाढीका कारण उनीहरुको उद्धारमा समस्या आईरहेको जनाए ।

फसेकाहरुमा कल्याणपुर नपा ६ निर्दनाका रसिन्द्र दास ५०, सुकदेव दास ५५, कन्चन मण्डल ५०, कुनमा महतो ५० र उनकी श्रीमती नाम नखुलेको ४५ वर्षिय एकजना महिला रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले उद्धारका लागि सवै निकायसँग समन्वय भइरहेको जनाएको छ ।

हिजो बेलुका नै गएका उनीहरु राती बाढी बढेपछि कमला नदीको मध्यभागको टापुजस्तोमा फसेका हुन् । उनीहरुको उद्धारको लागि काठमाडौंबाट हेलिकोप्टर स्टेनबाई बसेको भएपनि खराब मौसमका कारण आउन नसकेको प्रमुख अधिकारीले जनाए ।

बाढीको बहाव उच्च रहेका कारण उद्धार गर्न स्थानीय प्रहरी प्रशासनलाई कठिनाई भएको छ । उद्धार गर्न पुगेका टोली नदी किनारामै उभिएका छन् । अझै पनि पानी परिरहेकोले उद्धारमा समस्या भएको प्रमुख अधिकारीले बताए ।

कमला नदीको बगरमा खेति गरेर बसेका बेचु मुखिया ६० बिहीबार रातिदेखि त्यही बस्तै आएका थिए । रातीबाट बाढीको सतह बढ्दै गएपछि उनीहरु फसिरहेको जनाएको छ ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्