Logo
२९ असार २०८२, आईतबार
(July 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशैभरीका नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम, होचा स्थानहरु डुबानमा पर्ने सम्भावना

बाढी पूर्वानुमान महाशाखाले आज देशैभरीका नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ ।

बिहिबार जारी बाढी सूचनामा विहान ७ बजेको मापन अनुसार देशका सबै नदीहरु बढ्दो क्रममा रहने भएकाले जोखिम रहेको जनाएको हो ।
महाशाखाले विशेषगरी प्रदेश १ र २ को तराई क्षेत्र र प्रदेश ५,६ र ७ को तराईका होचा स्थानहरु डुबानमा पर्न सक्ने सम्भावना रहेको जनाएको छ ।

देशैभरीका पहिरोग्रस्त पहाडी क्षेत्रहरु भएर बग्ने स-साना खोलाहरुमा पहिरो-लेदोसहित आकस्मिक बहाबको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

आज बेलुकी पछि कन्काई, सप्तकोसी, तमोर, दुधकोशी, सुनकोसी, कमला र बागमती तथा पूर्व राप्ति जलाधारमा बहाब उच्च हुने महाशाखाले पूर्वानुमान गरेको छ । नदीनालाहरु निरन्तर बढ्दो क्रममा रहेकाले सतर्कता तह पनि पुग्ने सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रकाशित मिति: Jul 11, 2019

प्रतिक्रिया दिनुहोस्