Logo
१२ श्रावण २०८१, शनिबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोजपुर घटनाबारे महानिरीक्षक खनालले भने- प्रहरीमाथि एक्कासि गोली चल्यो

काठमाडौं : बुधबारको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालले भोजपुर घटनाबारे संसदलाई जानकारी गराएका छन् ।

’भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चल्यो, जवाफी फायरिङमा नेपाल प्रहरीका एक र विप्लव पक्षका एक कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको छ’ महानिरीक्षक खनालले भने ।

घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको पनि महानिरीक्षक खनालले जानकारी दिए । महानिरीक्षक खनालका अनुसार नेपाल प्रहरीको घुमुवा टोलीमाथि एक्कासि गोली चलेको थियो । भिडन्तमा नेपाल प्रहरीका एकजना र विप्लवका कार्यकर्ता एकजना गरी दुईजनाको मृत्यु भएको छ । ’प्रहरीको गोली लागेर मृत्यु हुनेमा विप्लव समूहका ३५ वर्षीय ओखलुढुंगाको जिल्ला इन्चार्च नीरकुमार राई छन्’ खनालले थपे,

’त्यस्तै नेपाल प्रहरीका जवान सञ्जीव राईको पनि विप्लव पक्षका कार्यकर्ताको गोली लागेर मृत्यु भएको छ । घटनामा एक प्रहरी जवान सोमनाथ भट्टराई घाइते छन्।’ गोली लागेर घाइते भएका नीरकुमार र सञ्जीव दुवैको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको खनालले बताए ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्