Logo
३१ बैशाख २०८१, सोमबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशका अधिकांश स्थानहरुमा अविरल वर्षा, खोला छेउछाउ सचेत रहन आग्रह

काठमाडौं :  आज देशभरका अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहानदेखि अविरल वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन देशका अधिकांश स्थानहरुमा वर्षा हुने जनाएको छ । केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

तर देशका पश्चिम क्षेत्रतिर अविरल वर्षाका कारण केही स्थानहरु डुबानमा पर्ने देखिएको छ । जस्तै नारायणी नदीको पश्चिमतर्फ डुबानहरु भइरहेको छ । बाँकेमा भारी वर्षाले डुबान भएको छ । सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण दुई वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

यसैगरी, देशका साना खोलाहरुमा एक्कासी बाढी आउने खतरा औल्याइएको छ । अविरल वर्षाका कारण चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपासका जिल्लाबाट बहने केही साना खोलाहरुमा एक्कासी बाढी आउनसक्ने बाढी सूचना केन्द्रले जनाएको छ ।

२५ असारको बिहान सूचना जारी गर्दै केन्द्रले राजमार्गमा रातको समयमा यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्