Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस-राजपा अवरोधले बुधबार सम्मका लागि संसद बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी, नेपालले संघीय संसद प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

मंगलबार बसेको संसदको बैठकमा सरकारका कामकारबाहीलाई लिएर असन्तुष्ट रहेको कांग्रेस र राजपाले अवरोध गरेपछि केही बेरका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर स्थगित भएको हो ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले दिएको जानकारीअनुसार सभामुख महराले सबै दलका प्रमुख सचेतकरसचेतकहरूको छलफल आयोजना गरेका थिए ।

उक्त छलफलमा सदनको कारबाही अगाडि बढ्ने सम्भावना नरहेपछि बुधबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरेर संसदको बैठक स्थगित गरिएको हो ।

संसदको सूचना: 

प्रकाशित मिति: Jul 9, 2019

प्रतिक्रिया दिनुहोस्