Logo
१२ श्रावण २०८१, शनिबार
(July 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘भारतीय दूतावासले सरकारलाइ पत्र पठाउनु स्वाभाविकै हो, त्यसलाई अन्यथा लिनु हुँदैन’

काठमाडौँ : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासले सरकारलाई पत्र पठाउनु स्वाभाविक भन्दै स्वीकार गरेका छन् ।

मङ्गलबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सीमा जोडिएका दुई मुलुकबीच आ-आफ्नो इन्ट्रेस्टका विषय हुने भएकाले त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वभाविकै लिएको प्रतिक्रिया दिएका हुन् ।

मन्त्री बास्कोटाले ‘दुई देशका सरकारबीच पत्रहरु आउने, जाने उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नहुने पनि स्पष्ट पारेका छन् । उनले आयातित तरकारी तथा फलफूलमा हुने विषादी परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भिर रहेको पनि बताए ।

नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भिर रहेको छ र सो समस्या समाधान हुने गरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको मन्त्री बास्कोटाले बताए ।

प्रकाशित मिति: Jul 9, 2019

प्रतिक्रिया दिनुहोस्