Logo
१२ श्रावण २०८१, शनिबार
(July 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाही गोलीकाण्ड : ‘आतंक मच्चाएपछि प्रहरी कारबाहीमा उत्रेको हो’

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलले चन्दा आतंक मच्चाएकाले प्रहरी कारबाहीमा मारिएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूको जवाफ दिँदै मन्त्री थापाले विप्लवका जिल्ला इन्चार्ज पौडेलमाथि केन्द्रबाटै गएको प्रहरीले ‘इन्काउन्टर’ गरिएको बताएका छन् ।

गृहमन्त्री थापाले असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिकामा भएको उक्त घटनापछि राज्य व्यवस्था समितिको निर्देशन अनुसार बनेको छानबिन समितिले पनि विप्लवका इन्चार्जले गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गर्दा मारिएको जवाफ दिएका छन् ।

सर्लाहीमा सार्वजनिक जग्गा कब्जा गर्ने, जनपरिषद्को नाममा पत्राचार गरेर आतंक मच्चाएपछि प्रहरी कारबाहीमा उत्रेको हो ।’ मन्त्री थापाले विप्लवका इन्चार्जलाई इन्काउन्टका क्रममा केन्द्रबाट पनि प्रहरी परिचालित भएको बताएका छन्।

‘सर्लाहीको लालबन्दी र हरिवन इलाकामा समाजसेवी र जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की आतंक सिर्जना व्यापक जनगुनासो बढेपछि प्रहरीले गस्ती बढाएको थियो’, उनले भने, ‘नेकपा विप्लव समूहले देशैभरी सार्वजकि सम्पत्ति हानी नोक्सानी र जनप्रतिनिधिलाई राजीनामा दिन धम्की दिएका थिए ।

मन्त्री थापाले भने ‘सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रबाट विशेष दस्ता परिचालित भएको थियो । प्रदेश र जिल्लाबाट प्रहरी परिचालित भएर कारबाही गरिएको हो’,

उनले भने, ‘सुरक्षा निकायको खोजी सूचीमा रहेका कुमार पौडेल सर्लाहीबाट सिन्धुली जाँदै गर्दा बाटोमा प्रहरीसँग जम्काभेट हुँदा घटना भएको हो ।’

प्रकाशित मिति: Jul 9, 2019

प्रतिक्रिया दिनुहोस्