Logo
१२ श्रावण २०८१, शनिबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विषादी परीक्षण नगर्ने निर्णय लिएर गल्ती गरेको मन्त्री यादवले गरे स्वीकार

काठमाडौं : सरकारले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण तत्कालका लागि स्थगन गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भइरहँदा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विषादी परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।

मन्त्री यादवले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण डुबेको पनि बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका ३ जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू सो निर्णयमा डुबेको मन्त्री यादवको दावी छ ।

आफूले ती विषयमा अध्ययन नगरी सो निर्णय लिएर गल्ती गरेको पनि मन्त्री यादवको स्वीकारोक्ति थियो । उनले सो निर्णय कसैको दवावमा परेर नगरेको पनि पटक पटक दोहोर्याए । मन्त्री यादवले सो निर्णयको जिम्मेवारी भने आफूले लिने पनि स्पष्ट पारे । उनले आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठिक ठाउँमा बस्न पनि सचेत गराए । मन्त्री यादवले सरकारलाई विवादमा ल्याउने काम सचिवहरुले गर्न नहुने पनि बताए ।

पत्रकार सम्मेलनमा बोल्दै उद्योग सचिव यामकुमारी खतिवडाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवका कारण सो निर्णयमा गल्ती हुन पुगेको स्पष्टीकरण दिइन् ।

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्