एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालको कसिलो बलिङ
काठमाडौँ : मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले अहिले आयोजक मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपाल अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । आयोजक टिम मलेशियाक क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।
नेपालले १७ ओभरमा ४९ रन खर्चिँदै मलेसियाको ४ विकेट लिन सफल भएको छ । नेपालका लागि सागर ढकालले २, कमलसिंह ऐरी र कुशल मल्लले १- १ विकेट लिएका छन् ।
समूह चरणमा नेपाल समूह विजेता बनेको थियो । तसर्थ नेपालले घरेलु मैदानमा मलेसियालाई पराजित गरेर उपाधि होड आफ्नो नाममा राख्न चाहेको छ ।