Logo
१२ श्रावण २०८१, शनिबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विषादीयुक्त तरकारीको जाँच माग गर्दै सरकारविरुद्ध नेविसंघको “तरकारी जुलुस”

काठमाडौं :  भारतबाट आयात हुने विषादीयुक्त तरकारीको जाँच माग गर्दै नेवि संघले सरकारविरुद्ध ‘तरकारी जुलुस’ निकालेको छ । सरकारले भारतलगायतबाट नेपालमा आयात हुने विषादीयुक्त तरकारी जाँच नगर्नेे निर्णय गरेपछि उक्त निर्णयको विरोधमा नेविसंघले यस्तो जुलुस निकालेको हो ।

आइताबार बिहान वाल्मीकी क्याम्पसबाट सुरु भएको विरोध जुलुस पुतलीसडक पुगेर कोणसभामा परिणत भएको थियो । विद्यार्थीहरुले तरकारीको माला लगाएर सरकारको सांकेतिक विरोध गरेको थिए ।

यसअघि सरकारले राजपत्रमा सूचना प्रकाशित गरी आयात हुने तरकारी र फलफूलको विषादी जाँच नगरी नेपाल प्रवेश गर्न नदिने निर्णय सार्वजनिक गरेको थियो । असार २ गतेको लिइएकोे निर्णय असार १३ गतेको मन्त्रिपरिषद्को बैठकले फिर्ता लिएपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो ।

विषादीयुक्त तरकारी आयातमा रोक लगाउने सरकारको निर्णयपछि भारतीय दूतावासले आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै तरकारी नरोक्न दबाब दिएको थियो । सोही दबाबका कारण सरकारले आफ्नो निर्णय फिर्ता लिएको छ । यद्यपि सरकारले ‘आवश्यक तयारी नपुगेका कारण’ भन्दै निर्णय फिर्ता लिएको जानकारी गराएको छ ।

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्