Logo
३१ बैशाख २०८१, सोमबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनसुन सक्रिय भएसँगै आगामी ३ दिनको मौसमी अवस्था यस्तो रहेको छ

काठमाडौं :  नेपालमा असारको तेस्रो साताबाट मात्रै मनसुन सक्रिय हुन थालेको छ । ढिला सुरुवात भएनि आगामी ३ दिनको मौसमी अवस्थामा मुलुकभर सामान्य देखि भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारसम्मको मौसमपूर्वानुमान यस्तो रहेको छ :

असार २२ गते (आईतवार)
दिउँसो :  देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन सहितको वर्षाको सम्भावना रहेको छ । देशका बाँकी भू-भागहरूमा हल्का वर्षाको सम्भावना छ । मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका १- २ स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्छ ।

राती : देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका मध्य र पश्चिमी भू-भागका धेरै स्थानहरूमा र पूर्वका केही स्थानहरूमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भागका १-२ स्थानहरू, मध्य-पश्चिमी तराईका १-२ स्थानहरूमा र पूर्वका तराई र तल्लो पहाडी भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना छ।

असार २३ गते (सोमवार)

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वी नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी र तराईका भू-भागका १-२ स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

राती : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका केही स्थानमा र पूर्वी नेपालका पहाडी भू-भागका १-२ स्थानहरूमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

असार २४ गते (मंगलवार)

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। मध्य र पूर्वी नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी र तराईका भू-भागका १-२ स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ।

राती : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ । मध्य नेपालका पहाडी भू-भाग र पश्चिमका पहाडी भू-भागका केही स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्छ ।

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्