Logo
१२ श्रावण २०८१, शनिबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ :  आज आइतबार दिउँसो २ बजे कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । आन्तरिक मतभेद सुल्झाउन नसकेको भन्दै बैठक बस्ने निर्णय गरिएको हो । धेरै समयपछि बस्न लागिएको बैठकमा समसामयिक राजनीतिक परिवेशका बारेमा छलफल हुने जनाइएको छ ।

अस्तव्यस्त अवस्थामा रहेका नेपाल विद्यार्थी संघ, महिला संघसहित भातृसंस्थाहरुबारे कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल हुने कांग्रेस नेताले बताएका छन् । यस्तै पार्टीलाई संघीय संरचनामा लैजाने विषयमा पनि छलफल हुने जनाइएको छ ।

संस्थापन पक्षले यसका लागि सबै तहमा पार्टीको तदर्थ समिति बनाउने तयारी थालेको छ ।
तर रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले त्यसको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्