Logo
१२ श्रावण २०८१, शनिबार
(July 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अग्लो हिमाल एल ब्रुसमा माया शेर्पाले फहराईन २ झण्डा

काठमाडौँ :  हिमाल आरोही माया शेर्पाले युरोपको सर्वा्धिक अग्लो हिमाल एल ब्रुसको सफल आरोहण सँगै २ झण्डा फहराएकी छिन ।

आठ हजार मिटर माथिका अग्ला हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोही माया शेर्पाले आज विहान एल ब्रुस हिमालको सफल आरोहणको क्रममा नेपालको राष्ट्रिय झण्डा र योहो टेलिभिजनको झण्डा एल ब्रुसको चुचुरोमा फहराएकी हुन ।

रसियाको पश्चिमी ककेसस पर्वत श्रृंखलामा रहेको ५ हजार ६ सय ४२ मिटर अग्लो एल ब्रुस हिमाल रसिया र जर्जियाली सीमा नजिकै पर्दछ ।

आरोही शेर्पाले विश्वका अग्ला चौध वटा हिमाल आरोहण गर्ने अभियानका क्रममा नेपालको प्रतिनिधित्व गर्दै रसियामा रहेको एल ब्रुस हिमाल आरोहणमा नेपालको राष्ट्रिय झण्डा र योहो टेलिभिजनको झण्डा एल ब्रुसको चुचुरोमा फहराएकी थिइन ।

आरोही शेर्पालाई असार १२ गते एभरेष्ट ब्रोडकास्टिङ तथा योहो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले योहो टेलिभिजनको लोगो अंकित झण्डा हस्तान्तरण गरेका थिए ।

एल ब्रुस हिमालको चुचुरोमा योहो टेलिभिजनको झण्डा फहराएपछि अध्यक्ष शेर्पाले खुसी व्यक्त गरेका छन । अध्यक्ष शेर्पाले टेलिभिजनको झण्डा एल ब्रुस हिमालमा फहराउन सफल भएकोमा आरोही माया शेर्पालाई धन्यबाद व्यक्त गरेका छन ।

आरोही माया शेर्पाले सन २००७ यता ३ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा एक पटक कञ्चनजंघा हमाल र सन् २०१४ मा पाकिस्तानमा रहेको दोस्रो अग्लो शिखर केटुको सफल आरोहण गरिसकेकी छन ।

प्रकाशित मिति: Jul 6, 2019

प्रतिक्रिया दिनुहोस्