Logo
१२ श्रावण २०८१, शनिबार
(July 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय पक्षले असन्तुष्टी जनाउँदा आफ्नो निर्णयबाट पछि हट्यो नेपाल सरकार

काठमाडौँं : तरकारी तथा फलफूलको विषादी परीक्षण गरिने काममा भारतीय पक्षले असन्तुष्टी जनाउँदा आफ्नो निर्णबाट नेपाल सरकार पछि हटेको छ ।

सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो ।

भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दिएको दबाबपछि आफ्नो निर्णबाट पछि हटेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय बाहिरिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेका थिए ।

मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल जाँच नगरी नेपाल पठाउन सर्कुलर जारी गरेको भन्सार विभागका एक उच्च अधिकारीले बताए ।

गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Jul 5, 2019

प्रतिक्रिया दिनुहोस्