Logo
१२ श्रावण २०८१, शनिबार
(July 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्तिप्रक्रिया सफल भएको एकथरीलाई मन परेको छैन : अध्यक्ष दाहाल

काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा टुंगिएको शान्ति प्रक्रिया भाँड्न अझै प्रतिक्रियावादीहरु अग्रसर भएर लागिरहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकथरीलाई शान्ति प्रक्रिया मन नपरेको बताउँदै शान्ति प्रक्रिया भाड्ने काम भैरहेको बताएका हुन् ।

अध्यक्ष दाहालले भने ‘देशदेखि विदेशसम्म केही मान्छे शान्ति प्रक्रिया भाँड्न लागेका छन्। शान्ति प्रक्रियालाई कमाइ खाने भाँडो भयो रे भन्छन्’, ‘परिवर्तनको सुदृढीकरण र जनताको चहानाका लागि यो निकै नै घातक हो ।

शान्तिप्रक्रिया सफल भएको एकथरीलाई मन परेको छैन ।’ उनले १० वर्ष लामो सशस्त्र संघर्षपछि नेपालमा स्थापित शान्तिलाई कोपरेर फेरि हिंसा मच्चउने खेल भइरहेको उनले बताए ।

‘खाटो बसेको घाउलाई कोपरेर, चिथोरेर शान्ति प्रक्रियामा क्यान्सर बनाउन एकथरी लागेका छन्’, उनले भने, ‘सबैखाले प्रतिक्रियावादी षडयन्त्रको पार्टी र सरकारले प्रतिवाद गरेको छ।’

पार्टी एकता भत्काउन खोजियो :  अर्का अध्यक्ष केपी ओलीसमेत उपस्थित कार्यक्रममा अध्यक्ष दाहालले पार्टी एकता टुंगिइसकेको बताउँदै केही काम बाँकी रहेको उल्लेख गरे ।

‘नेपालका कम्युनिष्ट एकै ठाउँमा उभिने सम्भावनालाई भत्काउन खोज्ने प्रतिक्रियावदीको प्रयास जारी छ’, उनले भने, ‘प्रतिक्रियावादीहरुको प्रयासका कारण पार्टीको सबै काम पुरा हुने अझै दोसाँधमा पनि छ ।’

अघिल्लो वर्षको चुनावमा साझा उम्मेदवार खडा गरेदेखि नै दुष्प्रचार सुरु गरिएको बताउँदै दाहालले निर्वाचन आएपछि सरकार बनाउन पनि बाधा हालिएको स्मरण गरे ।

प्रकाशित मिति: Jul 5, 2019

प्रतिक्रिया दिनुहोस्