सयौं युवासंग करोडौं ठग्ने म्यानपावर सञ्चालक छविलाल कुमार राई पक्राउ
काठमाडौं : ४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलाल कुमार राई छन् ।
राईले सिसेल्स र माल्टामा रोजगारी दिलाइदिने भन्दै ४ करोड बढी ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले जानकारी दिए ।
सिसेल्सको जेल गार्डमा लगाउने भन्दै उनले सयौं युवाबाट लाखौं रुपैयाँ असुलेका थिए । पैसा असुलेर विदेश नपठाएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि राई फरार भएका थिए ।