Logo
३१ असार २०८२, मंगलबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामबहादुर बम्जन ३ वर्षको लागि फेरि महाध्यानमा

काठमाडौं : ’लिटिल बुद्ध’का नामले चिनिएका रामबहादुर बम्जन ३ वर्षको लागि महाध्यानमा बसेका छन् । केही समय अघि बम्जनले आफ्ना आनीहरूलाई बलात्कार गरेको, बेपत्ता पारेको लगायतका आरोप लागेको थियो ।

कमलामाई नगरपालीका वडा नम्बर-८ पैरे सिन्धुलीमा रहेको उनको आश्रम–काजोक्पामा यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको बोधि श्रवण धर्म संघले जनाएको छ ।

संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो। विश्व शान्तिको निम्ति बम्जन पुन: महाध्यानमा बसेको संघले जनाएको छ । उक्त महाध्यान समय अवधिभित्र अनेक विशिष्ट पूजाआजा र धार्मिक प्रशिक्षण प्रदान गरिने पनि संघले स्पष्ट पारेको छ ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले सम्पूर्ण जगत, संघ, धर्म र आम शुभचिन्तकलाई बम्जनले चालेका मार्गको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए। उनले भने, ‘अहिले गुरु महाध्यानमा हुनुहुन्छ। उहाँको सुरक्षाको निम्ति सम्पूर्ण धर्म अनुयायी, भक्त तथा सरकारसंग सुरक्षाको माग गर्दछौँ ।’

पहिले पनि बम्जनले ध्यान लगायतका विभिन्न स्ववचन तथा आध्यात्मीक कार्य गर्दे आएको जनाउँदै २०६२ देखि २०६८ सम्म तपस्या गरिसकेको बताउँदै विश्व शान्तीको महामैत्रीका निमित्त अहिलेको महाध्यान केन्द्रित रहने पनि उनले बताए।

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्