Logo
१२ श्रावण २०८१, शनिबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पतञ्जली योग पिठमा भारतीय राजदुत पुरीद्वारा श्राफ आश्रमको शिलन्यास

काठमाडौं :  काठमाडौंको मण्डिखाटार स्थित पतञ्जली योग पिठमा श्राफ आश्रम बन्ने भएको छ ।

५० कोठाको क्षमता रहने उक्त आश्रम निर्माणको जग शिल्यान्य बिहिबार नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरी र दाता राधेश्याम श्राफले गरे । आश्रम निर्माणमा राधेश्याम श्राफले आवश्यक लगानी प्रदान गर्ने छन् ।

आश्रम ५० कोठाको हुने जनाइएको छ । उक्त आश्रमलाई अतिथि गृहका रुपमा समेत प्रयोग गरिनेछ । पतञ्जली योगपिठ नेपालको जमिनमा श्राफको सहयोगमा उक्त आश्रम तथा अतिथि गृह बन्न लागेको हो ।

उक्त आश्रम तथा अतिथ गृहको जग शिलन्यास गर्दै भारतीय राजदुत मञ्जिव सिंह पुरीले पतञ्जली सदैव विश्वबन्धुत्वको भावनाले अगाडि बढेको भन्दै पतञ्जली र समाजसेवी श्राफको प्रशंसा गरे ।

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्