सरकारविरुद्ध ८ राजनीतिक दलको संयुक्त आन्दोलन घोषणा
काठमाडौँ : नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकार विरुद्ध पहिलो पटक चार साना दलहरुले संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका छन् ।
नेकपा माले सहित नेपाल कांग्रेस बीबी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी कांग्रेस, राष्ट्रिय लोकतान्त्रिक मञ्च, तेतिस दलीय मोर्चा, जनमोर्चा नेपाल र जनताको प्रजातान्त्रिक पार्टीले बुधबार राजधानीमा एक पत्रकार सम्मेलनमार्फत संयुक्त राष्ट्रिय आन्दोलन घोषणा गरेका हुन् ।
उनीहरुले पर्सि अर्थात असार २० गते न्युरोड देखि रत्नपार्कसम्म आन्दोलन स्वरुप जुलुस निकाल्ने कार्यक्रम तय भएको समेत बताएका छन् ।
खासगरी सरकारले नेपालको पहिचान, धर्म, संस्कृति र राष्ट्रियता कमजोर पार्ने प्रयास गरेको, भ्रष्टचार नियन्त्रण गर्न नसकेको, संघीयताको मोडल प्रतिकुल बनाएको भन्दै १८ बुँदे माग सहित उनीहरुले आन्दोन सुरु गरेका हुन् ।
आन्दोलनमा सामेल नेकपा मालेका अध्यक्ष सीपी मैनालीले सरकारले ठूल्ठूला कुरा मात्रै गरेको तर देशको हितमा विकास नगरेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताए ।