Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइफा अवार्ड रोक्न अन्तराष्ट्रिय सम्बन्ध समितिको सरकारलाई निर्देशन

काठमाडौं : संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारको सहयोगमा आयोजना गर्न लागेको इन्डिएन इन्टरनेशनल फिल्म एकेडेमी (आइफा) अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अवार्ड रोक्न सरकारलाई निर्देशन दिखै सरकारले अपरिपक्व निर्णय लिएको ठहर गरेको छ ।

बैठकमा नेकपाका नेता तथा सांसद भिम रावलले राष्ट्रियताका सवालमा सरकारले विचार नै नगरी निर्णय गरेको भन्दै आपत्ति जनाएका थिए । सत्तारुद्ध दल नेकपाका सांसदको बहुमत रहेको समितिले सर्वसम्मत रुपमा अवार्ड रोक्न निर्देशन दिएको हो ।

समितिमा उपस्थित भएका पर्यटन सचिवले पनि सांसदहरुका कुरा सुनेपछि रोक्नु उपयुक्त हुने अवस्था रहेको भन्दै संसदीय सिमितको निर्देशन मन्त्रालयले पालना गर्ने बताएका थिए ।

‘पुरै पर्यटन बोर्डका निम्ति एकअर्व रुपैया बजेट छ, टुरिजम इयरका लागि पनि कम पैसा छुट्टाएको छ तर सरकार छोटो समयमा अर्व खर्च गर्ने सहमति गर्छ,’ समितिका सदस्य दिव्यमणि राजभण्डारीले भने, ‘इन्भेष्टमेन्ट भइसकेपछि रिटर्न आउने ज्ञारेन्टि हुनु पर्दैन ।’

सांसदहरुले अवार्ढ आयोजनाका लागि रोजेको स्थानका विषयमा पनि आपत्ति जनाएका थिए । ‘नेपाली जनातालाई आर्मी अफिसर्स क्लवमा पस्न नदिने, अनि भारतीय कलाकार आउँदा आर्मीले सेक्यूरीटी दिने ?,’ भण्डारीले भने, ‘यसअघि भारतीय कलाकारका कार्यक्रम सुरक्षाा कारण स्थगित भए । सरकार स्पष्ट एग्रिमेन्ट नै नगरी फेरि कच्चा निर्णय गरेको देखियो ।’

 

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्