Logo
१२ श्रावण २०८१, शनिबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छोरा प्रकाशको ३८ औं जन्मजयन्तीमा प्रचण्ड बने भावुक

काठमाडौँ : तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरा प्रकाशले ३६ बर्षकै उमेरमा सवै अनुभव संगालेको बताए ।

प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल स्मृति प्रतिष्ठानद्धारा मङ्गलबार आयोजित सगरमाथा आरोही सम्मान कार्यक्रमका सहभागीहरुले सानै उमेरमा निधन भएका प्रकाशले छोटै समयमा भएपनि मुलुकको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको चर्चा गरे ।

विभिन्न राजनीतिक दलका नेताहरुले स्व.प्रकाश दाहाल साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताए । उनीहरुले प्रकाशले समाजमा गरेका राम्रा कामहरुको अनुशरण गर्न सक्नुपर्ने पनि बताए ।

प्रचण्डले भने, ‘सबै तितामिठा अनुभव प्रकाशले अनुभव गरे । राजनीतिक समाजसेवा, प्रेम विवाह, परिवार र आधुनिक प्रविधि’, प्रचण्डले भावुक हुँदै आफु प्रधानमन्त्री हुँदा उनले गरेको सहयोग अविस्मरणीय भएको बताए ।

प्रकाशको बाल्यकाल प्रतिकुल वातावरणमा वितेपनि उनी पछिल्लो परिपक्क भैसकेको प्रचण्डले बताए ।

‘जनयुद्ध ताका धेरै स्कुल फेरियो, कहिँ स्थिर भएर पढ्न सक्ने अवस्था भएन । युद्धमा गएपछि आफै सहभागी भएर विचित्रको अनुभव गरे । शान्ति प्रकृयामा पनि उनले उनले दिएका योगदान अनुभव र काम हेर्दा पूर्ण जीवन भोगेर गए’ प्रचण्डले स्मरण गरे ।

उनले मृत्युवरणमा पनि देश र पार्टीलाई सहयोग गर्दागर्दै गएको आफुलाई अनूभुति भएको प्रचण्डले स्मरण गर्दै प्रकाशका राम्रा पक्षलाई स्मरण गर्नुपर्ने जिम्मेवारी आफुहरुमा रहेको बताए । ‘उनका राम्रा पक्षलाई देश र जनताको पक्षमा सदुपयोग गर्नुपर्ने जिम्मेवारी हामीमा छ’ प्रचण्डको भनाई थियो ।

कार्यक्रममा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सामान्य काम सबैले गर्ने भन्दै विशेष काम थोरैले मात्र गर्ने र त्यसमध्ये एक प्रकाश दाहाल भएको बताए । ‘सगरमाथा चढेर सफलता प्राप्त गर्नु निकै कठिन काम हो ।

अझ जीवन संगिनीलाई समेत सँगै लिएर सगरमाथा चढ्नु विशिष्ट काम र खुवी हो’ नेता नेपालले भने, ‘प्रकाश दाहालको अभावमा प्रचण्डको झण्डै हात नै भाँचिएको जस्तो भएको आफुलाई महशुस भएको बताए । पार्टी सञ्चालनदेखि सरकार सञ्चालनमा पनि प्रकाशको अभाव भइरहेको भन्दै उनले प्रकाशमा बन्दुक चलाउन मात्रै नभई प्रविधिमा पनि अपडेट हुने खुवी रहेको बताए ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्