Logo
१२ श्रावण २०८१, शनिबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याजिक भ्यानलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु, १३ जना घाइते

लहान : सिराहाको लाहानमा म्याजिक भ्यानलाई ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका स्थित पड्रिया चोकमा सोमबार अपरान्ह म्याजिक भ्यानलाई ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानले पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिन पुगेको थियो ।

ट्रकको ठक्करबाट म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाा नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए ।

दुर्घटनामा अन्य १३ जना घाइते भएको र घाइतेहरुलाई उपचारको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल तथा नरसिंह होम र ६ जना गम्भीर घाइतेलाइ धरान पठाएको प्रहरी नायब निरीक्षक चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्