Logo
२८ जेष्ठ २०८२, मंगलबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बदमासी गरेको जनतालाई थाहा नहुन सक्छ तर आफुले आफ्नो आत्मालाई सोध्नुहोस’

दैलेख : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अध्ययन भइरहेको बताएका छन् ।

दैलेखको पञ्चकोसी क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यको औपचारिक सुरुवातका लागि दैलेख पुगेका मन्त्री यादवले सो कुरा बताएका हुन् । मन्त्री यादवले पेट्रोलियम पदार्थको अध्ययन भइरहेको बताउँदै कहिलेसम्म काम पूरा हुन्छ भन्ने अहिले नै बताउनु नसकिने बताए । सोही क्रममा उनले जनप्रतिनिधिहरुलाई सच्चिन पनि आग्रह गरेका छन् ।

संघीयता सफल बनाउनुका साथै नागरिकको जीवनस्तर सुधार गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा रहेकाले पहिले आफू सच्चिनुपर्ने मन्त्री यादवको भनाइ छ । उनले भने, ‘तपाईले बदमासी गरेको जनता र पार्टी नेतृत्वलाई थाहा नहुन सक्छ तर आफुले आफ्नो आत्मालाई सोध्नुहोस अनि जनताको काममा लाग्नुुस् ।’

मन्त्री यादवले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अध्ययन भइरहेकाले कहिलेसम्म काम पूरा हुन्छ भन्ने अहिले नै बताउनु नसकिने बताए । चीनको विशेषज्ञ टोलीले सोमबार शिरिस्थान र नाभिस्थानमा पेट्रोलियम पदार्थको अध्ययन सुरु गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्