Logo
६ जेष्ठ २०८१, आईतबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेक्सासमा विमान दुर्घटना, १० जनाको मृत्यु (भिडियो)

अमेरिकाको टेक्सासमा भएको विमान दुर्घटना परी १० जनाको ज्यान गएको छ । एडिसन विमानस्थलबाट उडेको केही समयपछि नै विमानस्थलकै ह्याङ्गरमा ठोक्किएर दुर्घटना भएको हो ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार डबल इन्जिनसहितको किङ्ग एयर नामक उक्त विमान सानो आकारको रहेको थियो जुन दुर्घटनामा परेको हो । ह्याङ्गर(विमान पार्क गर्ने भवन) मा ठोक्किएपछि विमानमा आगलागी भएको थियो ।

फ्लोरिडाका लागि उडेको विमान दुर्घटनामा परे लगत्तै आपतकालीन उद्धारकर्मी घटनास्थलमा पुगेका थिए । तर बचाउन भने कसैलाई पनि सकेन ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्