Logo
१२ श्रावण २०८१, शनिबार
(June 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरमा ६० वर्षीया बृद्धाको निर्मम हत्या

सांकेतिक तस्बिर

भक्तपुरको चाँगुनारायण नगरपालिका-७ स्थित विद्युत तालिम केन्द्र नजिक छोरीको घरमा ६० वर्षीया वृद्धा बस्दै आएकी छिन् । ती बृद्धाको आज धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

सिन्धुपाल्चोकको बाँडेगाउँ घर भएकी ६० वर्षीया साबित्री भट्टराईको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

हत्या गर्ने व्यक्तिको पहिचान भने हुन सकेको छैन । महानगरीय प्रहरी परिसर भक्तपुरले हत्यामा संलग्नको खोजी कार्य भइरहेको जनाएको छ ।

प्रकाशित मिति: Jun 30, 2019

प्रतिक्रिया दिनुहोस्