Logo
५ जेष्ठ २०८१, शनिबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानीराखौँ : मोबाइल चार्जमा छोडेर कहिल्यै नसुतौँ

मोबाइल अथवा विद्युतीय उपकरणहरु कहिल्यै पनि चार्ज गर्दा जल्न सक्ने वस्तुमाथि नराख्न प्राविधिकविद्हरुले सुझाव दिँदै आएका छन् । त्यस्तै मोबाइल पनि सिरानी मुनि राखेर कहिल्यै पनि सुत्न नहुने बताएका छन् ।

एक ११ वर्षीय युवकले आफू सुत्नु अगाडि खाटमा चार्ज गरेर राखेको ट्याब्लेट बलेर बिहान उठ्दा डस्ना समेत प्वाल पारिदिएपछि आश्चर्यमा परेका छन् । उक्त घटनापश्चात् आगो नियन्त्रण विभागका अनुसन्धान विद् पल श भन्छन् “यसलाई ब्याट्रिको ‘थर्मल रनवे’ भनिन्छ जुन आफैँ तात्ने प्रक्रिया हो र यो लगातार तातिरहने गर्दछ । यसैले एउटा काठको टेबलमाथि चार्ज गर्नु उचित हुन सक्छ किनकी ब्याट्रिको ऊर्जा त्यसलाई जलाउन पर्याप्त हुँदैन तर कपडा, कागज लगायतका वस्तुहरु सजिलै बल्न सक्छन् ।”

उनी भन्छन् “सबैभन्दा पहिले त कसैले पनि आफ्नो फोन सिरानी मुनि राखेर सुत्ने गर्नु हुँदैन भन्ने कुरा जानि राख्नुपर्छ र चार्जमा राख्दा खाटमाथि पनि छाड्नु हुँदैन ।”

त्यसैगरी पलले सकेसम्म सधैँ मोबाइल फोनसँगै आएको चार्जर मात्र प्रयोग गर्न समेत सुझाव दिएका हुन् । इलेक्ट्रिकल सेफ्टी फर्स्टका कार्यकारी प्रमुख फिल बकल पनि रातभर डिभाइस चार्जमा राखेर छाड्नुको विरुद्धमा रहेको बताउँछन् । उनले भनेका छन्, “सधैँ सुत्नु अगाडि सबै स्वीच बन्द गरेर सुतेको राम्रो हुन्छ ।”

(द गार्जियनबाट)

प्रकाशित मिति: Jun 30, 2019

प्रतिक्रिया दिनुहोस्