Logo
२८ जेष्ठ २०८२, मंगलबार
(June 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीद्वारा वृक्षारोपण अभियानको शुभारम्भ (फोटोफिचर)

काठमाडौं : राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी कोटेश्वर सडक खण्डमा वृक्षरोपण गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नासपतिको रुखको विरुवा रोप्दै कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले हरियाली वातावरणबाट मानिसलाई सकरात्मक उर्जा मिल्ने बताउँदै गमलामा भए पनि तरकारीका बोटविरुवा रोप्नु पर्ने बताए ।

वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, वन मन्त्री शक्ति बस्नेत, गृहमन्त्री रामबहादुर थापा, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, कानुन मन्त्री भानुभक्त ढकाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Jun 29, 2019

प्रतिक्रिया दिनुहोस्