Logo
१२ श्रावण २०८१, शनिबार
(June 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदारसँगै कांग्रेसमा आएका २५ हजार कार्यकर्ताको क्रियाशील सदस्यता छानविन गर्न समिति गठन

काठमाडौं : नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका क्रियाशील सदस्यको सदस्यता छानविन गर्न जिल्लास्तरमा छानविन समिति गठन गरेको छ ।

आज पार्टी उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको समायोजन समितिको बैठकले तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले २८ चैत ०७५ मा बुझाएको २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको छानविन गरी केन्द्रमा निर्णय पठाउन समिति गठन गर्ने निर्णय गरेको हो ।

गत वर्ष कांग्रेसको काठमाडौंमा भएको महाधिवेशनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट सहभागी भएका २ सय जना महासमिति सदस्यको नामसमेत जिल्लामा अभिलेख अद्यावधिक गर्न जिल्ला समितिलाई निर्देशन दिने निर्णय पनि भएको कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

तत्कालीन लोकतान्त्रिक फोरमका जिल्ला सभापति वा क्षेत्रीय सभापति उक्त जिल्लामा नभएको भए गच्छदारबाट तोकिएका प्रतिनिधिहरू सदस्य रहने निर्णय भएको छ ।

प्रकाशित मिति: Jun 28, 2019

प्रतिक्रिया दिनुहोस्