Logo
१२ श्रावण २०८१, शनिबार
(June 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा कार्यकर्ताबाट कुटिएका कार्यकर्तालाई भेट्न न्युरो अस्पताल पुगे रामचन्द्र पौडेल

काठमाडौं : खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउने क्रममा नेकपा कार्यकर्ताको आक्रमणमा घाइते भएका कार्यकर्तालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेका छन् ।

घाइतेमध्ये उपचारका लागि काठमाडौं ल्याइएका गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई न्युरो अस्पताल बाँसबारीमा भेटेर पौडेलले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

मङ्गलबार कञ्चनपुरको पुर्नवासमा खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउने क्रममा नेकपाका कार्यकर्ताले काङ्ग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरसचिव विक्रम चन्द, नेता हरेन्द्रसिंह बिष्टका साथै कार्यकर्ता कृष्णबहादुर चन्द र तरुण नेता राम खड्कामाथि आक्रमण गरेका थिए ।

पौडेलले घाइतेको उपचार र घटनाका दोषीमाथि तत्काल कारवाही गर्न सरकारसाँग माग गरेका छन् । उनले लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनताको हकको ख्याल नगरी सत्ताको उन्मादमा कांग्रेस कार्यकर्तामाथि आक्रमण गरिएको बताए ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्