Logo
१२ श्रावण २०८१, शनिबार
(June 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारका नराम्रा कामहरुलाई सच्याउन दबाब दिनुपर्छ : नेता रावल

कैलाली : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले आम नागरिकले सरकारका नराम्रा कामहरुलाई सच्याउन दबाब दिनुपर्ने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता रावलले सो कुरा बताएका हुन् ।

‘सरकारको काम कारबाही, मन्त्रालयगत प्रगति लगायतको समीक्षा, मूल्यांकनका आधारमा सरकार तथा मन्त्रीमण्डल फेरबदल गरिनुपर्छ’, उनले भने ‘सरकारका राम्रा कामहरु जनतासम्म प्रचार प्रसार गरिनुपर्छ । नराम्रा कामहरुलाई सच्याउन दबाब दिनुपर्छ ।’

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रावलले स्वतन्त्र प्रेसमाथि सरकारले अंकुश नलगाउने बताए ।

‘सरकार स्वतन्त्र प्रेसमाथि अटल विश्वास गर्छ । भाषा शैलीले पत्रकारमाथि असर पर्छ भने सरकारले हेर्छु भनेको छ’ उनले भने ‘कुनै पनि नीति बनाउँदा सरकारले सम्बन्धित क्षेत्रमा पर्ने असर लगायतका विषयलाई नजरअन्दाज गर्नु हुँदैन ।’

उनले जनआवाजका आधारमा सरकारले गुठी विधेयक फिर्ता लिएको बताउँदै सरकार जहिले पनि जनताका पक्षमा काम गर्न तयार रहेको बताए ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्