अपराजित न्युजिल्याण्डलाई दियो पाकिस्तानले सिकस्त
पाकिस्तानले जारी विश्वकपमा आफ्नो सबैभन्दा ठूलो जित निकालेको छ । यो जित भलै ६ विकेटको थियो तर उसले विश्वकपमा अहिलेसम्म अपराजित रहेको न्युजिल्याण्डलाई मात दियो ।
जारी आइसीसी विशवकप क्रिकेटमा पाकिस्तानले आफ्नो ठूलो हासिल गरेको छ । विश्वकपमा अहिलेसम्म अपराजित रहेको न्युजील्याण्डलाई ६ विकेटले मात दिएको छ ।
बुधबारको खेलमा न्युजिल्याण्डले दिएको २ सय ३८ रनको सामान्य लक्ष्य पाकिस्तानले ४९ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डले मात्र ८३ रनमा ५ विकेट गुमाएको थियो ।
यो जितका साथ पाकिस्तानले सेमीफाइनल पुग्ने आफ्नो सम्भावनाको बाटोलाई सजिलो पारेको छ । उसको ७ खेलबाट ७ अंक पुगेको छ । अंकतालिकामा पाकिस्तान छैठौँ नम्बरमा छ ।