Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २ दिनको मौसम यस्तो रहनेछ

काठमाडौं :  मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सन्देशअनुसार आगामी ३ दिनमा देशका विभिन्न भू-भागमा सामान्य बदली भई वर्षा हुने र केही स्थानमा हावाहुरीसहित भारी वर्षा हुनेछ ।

देशको सुदूर पश्चिमि भेगमा देखापरेको घना बादल अझै कायम रहेको छ । त्यो बादल मेघ गर्जन गराउँदै क्रमश: उत्तर पूर्व तिर सरिरहेको छ । घना बादलका कारण उक्त क्षेत्रमा मेघ गर्जन र हावाहुरी आउने छ भने १- २ स्थानमा भारी वर्षा हुने माहाशाखाको जानकारी रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको वेभसाइट अनुसार आगामी २ दिनको मौसम पूर्वानुमान यस्तो छ :

असार १० गते (मंगलबार)

दिउँसो :  देशको मध्य र पश्चिमी भू-भागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी भू(भागमा सामान्य बदली भई पूर्वका केही स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको मध्य भू(भागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमका भू(भागमा सामान्य बदली भई पूर्व र पश्चिमका केहि स्थानहरुमा साथै मध्यका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

असार ११ गते (बुधबार)

दिउँसो :  देशैभर सामान्य बदली भइ धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको मध्य र पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली भई पूर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्