Logo
१२ श्रावण २०८१, शनिबार
(June 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमानले लगाए आफ्नै घरमा आगो, श्रीमतीको जलेर मृत्यु

सांकेतिक तस्बिर

दार्चुला :   दार्चुलाको नौगाड गाउँपालिका-२ स्थित सुण्डमुण्डुमा अन्दाजी ३२ वर्षीय शेरसिह बडाल नामक व्यक्तिले अत्याधिक मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् ।

आगो लगाएपछि सामान निकाल्न भित्र पसेकी उनकी ३० वर्षीया श्रीमती विमला बडालको घरभित्रै जलेर मृत्यु भएको छ । यो घटना शनिबार राति १२ बजे भएको हो ।

घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर जङ्गल भागेको नौगाड गाउँपालिका-२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले बताए । घरमा कोही नभएको भन्दै बडालले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए ।
घरमा आगो बलेको देखेपछि घर छाडेर भागेकाहरु फर्किएका थिए । बडालकी श्रीमती घरभित्रको सामान बाहिर निकाल्न भित्र पसेकी थिइन् ।

घरभित्रको सामान निकाल्ने क्रममा आगोमा जलेर उनको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए । आगो लागेको घर भित्रबाट बाहिर निस्कन नसक्दा उनको जलेर मृत्यु भएको हो । बुवा बहादुर बडाल र आमा मङ्गलीदेवी बडाल आगो निभाउने मान्छे खोज्न गाउँ पसेका थिए । घटनाको अवस्था बुझ्न प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाही घटनास्थल पुगेका छन् ।

आगो लगाएर परिवारको हत्या गरेको भए पनि के कति कारणले झैझगडा भयो, आगो लगाउने स्थितिसम्म कसरी पुगे भन्ने अनुसन्धानपछि खुल्ने प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

आगो स्थानीयवासीले रातभर लगाएर नियन्त्रणमा लिएका छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति: Jun 23, 2019

प्रतिक्रिया दिनुहोस्