‘हर्न निषेध’ नीति अन्तर्गत हर्न बजाउने करिब ४२ हजार चालक कारवाहीमा
काठमाडौं उपत्यकामा २०७४ साल बैशाख १ गतेदेखि राजधानीमा नो हर्न नीति लागू भएको छ । लागू भएको यतिका वर्षमा पनि पूर्ण रुपमा यो कार्यान्वयनमा आउन सकिरहेको छैन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका सडक हर्न निषेध लागू भएपनि बजाउदैं सवारी चलाउनेलाई समयसमयमा कारवाही गरिरहको हुन्छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बसन्त पन्तका अनुसार जेठ २८ गते देखि सुरु भएको यो अभियान अन्तर्गत असार ५ गतेसम्म करिब ४ हजार सवारी चालकलाई कारवाही गरिएको छ । उनी भन्छन् ‘हामी यो अभियानमा ३ हजार ९ सय ५१ कारवाही गरेका छौं । ’
चालू आर्थिक वर्षको यो अवधीमा मात्र १६ हजार ४ सय ४८ लाई कारवाही गरिएको छ । शादा पोशाकमा समेत ट्राफिक प्रहरी परिचालन गरेर हर्न बजाउनेलाई कारवाही गरिदैं आएको छ । उनीहरुले सडकमा निगरानी राखेर हर्न बजाउने सवारीको नम्बर नोट गरेर डियुटीमा रहेकालाई जानकारी दिने र त्यसपछि कारवाही हुदैं आएको छ ।
मानिसको सामान्ने सुन्ने क्षमता २६ डेसिबलसम्मको हुने गर्दछ र ६० सम्मको सुन्न सकिन्त तर ७० डेसिबलको ध्वनीले निकै असर गर्ने नेपालमा संचालनमा रहेका समान्य सवारीको ध्वनी १ सय डेसिबल हुने प्रहरीको भनाई छ ।
ध्वनी प्रदुषणले श्रवण शक्तिमा हस आउने, रक्तचाप बढ्ने, स्मरण शक्तिमा कमी आउनेलगायतको समस्या हुने गर्दछ । प्रहरीले हर्न निषेध क्षेत्रमा बजाएमा जरिवाना बापत रु ५ सय रुपैँया लिने गरेको छ । महाशाखा प्रमुख पन्तका अनुसार पन्तका नो हर्न लागू भए यता ४१ हजार ५ सय १६ सवारी चालकलाई कारवाही गरिएको छ ।