Logo
३० जेष्ठ २०८२, बिहीबार
(June 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्र प्रवेश

काठमाडौँ : बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै शुरु भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ । वर्षा हुने गतिविधि क्रमशः बढ्दै जानेछ । “अबको एक दुई दिनमा मनसुन पश्चिम क्षेत्रसम्म पुग्ने छ”, मौसमविद् शान्ति कँडेलले भनिन्

आज देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशको तराईका भू-भागमा र पश्चिमी नेपालमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

दिउँसोपख मध्य भू-भागका केही क्षेत्रबाहेक देशका अन्य भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: Jun 22, 2019

प्रतिक्रिया दिनुहोस्