Logo
२४ बैशाख २०८१, सोमबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा बस दुर्घटना : ४४ जनाको मृत्यु, ३५ जनाभन्दा बढी घाइते

भारतको हिमाञ्चल प्रदेशमा पर्ने कुल्लु जिल्लामा हिजो बस दुर्घटना भएको छ । बन्जार क्षेत्रबाट गढ गुशैणी जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

उक्त दुर्घटनामा ४४ जनाको मृत्यू भएको छ भने ३५ जनाभन्दा बढी घाइते भएका छन् । बिहीबार भएको दुर्घटनामा अधिकांश स्थानीय यात्रु चढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एउटा अप्ठेरो मोडमा चालकले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

मोडबाट खसेर बस करिब ५ सय मिटर तल थचारिँदा छतमा ठूलो संख्यामा बसेका यात्रुहरु हताहत भएको सञ्चार माध्यमले जनाएका छन् । घटनालगत्तै स्थानीयबासीले उद्धार कार्य सुरु गरेको थियो ।

दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा हिमाचल प्रदेशका मुख्यमन्त्रीले समवेदना प्रकट गरेका छन् । उनले तत्कालीन राहतको घोषणा गरेका छन् ।

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्