Logo
१२ श्रावण २०८१, शनिबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज वर्षकै लामो दिन, १४ घण्टा सुर्य देख्न पाइने

काठमाडौं :  जुन २१ तारिख भनेको सबैभन्दा लामो दिन भएको मानिन्छ । आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने गछ । नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ ।

आज काठमाडौंमा विहान ५ बजेर ९ मिनेटमा उदाएको घाम बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भोलिदेखि भने दिन छोटो र रात लामो हुनेछ । आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ ।

अन्तर्रा्ष्ट्रिय समय अनुसार लामो दिन जुन २० देखि २२ तारिख भित्र कुनै एक दिन पर्छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्छ ।

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्