Logo
१५ चैत्र २०८०, बिहीबार
(June 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योगेशको हिपहप शैलिको गीत ‘जन आक्रोश’ सार्वजनिक (भिडियो)

काठमाडौं : योगेश काजी र योङ्ग मिनिस्टरको स्वरमा रहेको हिपहप शैलिको गीत ‘जन आक्रोश’ सार्वजनिक भएको छ । योङ्ग मिनिस्टरको शब्द, योगशको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम आदित्य शाहको निर्देशन रहेको गीतीे भिडियोमा योगेश र योङ्ग मिनिस्टरकै अभिनय रहेको छ । वीरेन्द्र भाट विपिनले छायाँकन गरेको भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीतमा राजनीतिक वङ्ग्यलाई प्रस्तुत गरिएको छ ।

योगेशको पछिल्लो समय सार्वजनिक भएको गीत ‘एसेलुको पात…’ले चर्चा पाइरहेको बेला उनले नयाँ गीत ‘आक्रोश’ स्रोता/दर्शकमाझ ल्याएका हुन् । आफ्ना अन्य गीत जस्तै ‘जन आक्रोश’ले पनि स्रोता/दर्शकको माया पाउनेमा आफू आशावादी रहेको उनले बताए ।

‘हामीले वर्तमान देशको अवस्थालाई हिपहप शैलिको गीत मार्फत प्रस्तुत गर्न खोजेका हौ, देशमा बढदै गएको विकृति विसङ्गतीलाई उजागर गर्ने प्रयास हो’, योगेशले भने ।

प्रकाशित मिति: Jun 18, 2019

प्रतिक्रिया दिनुहोस्