Logo
१२ श्रावण २०८१, शनिबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा ३ को मृत्यु, ५ जना घाइते

आज बिहान कञ्चनपुरमा पर्ने पूर्वपश्चिम राजमार्गमा जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । भीमदत्तनगरपालिका-८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा सो घटना भएको जनाइएको छ ।

पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार १ महिला र २ पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने अटोमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घाइतेहरुको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार मृतकको उद्धार भइरहेको तर पहिचान हुननसकेको बताएका छन् । त्यतिमात्र नभएर घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते हुनेमा भएका भीमदत्तनगरपालिका-१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उनका ३ वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका-११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका-७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन् । जेसिबी चालक भने घटनास्थलबाट फरार रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्