Logo
१२ श्रावण २०८१, शनिबार
(June 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकिङ प्रणालीमा नेपाल दक्षिण एसियाकै सबैभन्दा सुदृढ रहेको अर्थमन्त्रीकाे दावी

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दावी गरेका छन् । पुँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिणी एसियामा सबैभन्दा राम्रो रहेको उनको भनाइ छ ।

मंगलबार काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्याश गर्दै अर्थमन्त्री खतिवडाले नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालका बैंकलाई ऋण दिन सुरु गरेको उल्लेख गरे। बैंकिङ प्रणाली राम्रो भएकाले नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना बढेर गएको समेत उनको भनाइ छ,।

उनले निक्षेप बिमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्र्नेमा पनि जोड दिए । अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षा कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्षभित्र यसको कोष १० अर्ब पु¥याउने घोषणा पनि गरे । कोषलाई बलियो बनाएर विपन्न वर्गलाई पनि बैंकिङ प्रणालीमा समावेश गराउने अर्थमन्त्री खतिवडाले बताए ।

कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कोषले चालु आर्थिक वर्षको नौ महिनामा दुई अर्ब रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए। उनले सबै प्रदेशको कोषको शाखा कार्यालय स्थापनाका लागि जग्गा खरिदको काम सम्पन्न गरिएको पनि बताए।

प्रकाशित मिति: Jun 11, 2019

प्रतिक्रिया दिनुहोस्