Logo
१२ श्रावण २०८१, शनिबार
(June 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको अवरोधपछि संसद बैठक भोली ११ बजेसम्मका लागि स्थगित

काठमाडौं : गुठीसम्बन्धी विधेयकलाई लिएर विरोधमा उत्रिएकामाथि भएको सरकारी दमनपछि प्रतिनिधि सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

गुठीसम्बन्धी विधेयकले सबै जमिनलाई रैकर बनाउने भन्दै आइतवार माइतीघरमा विरोधमा उत्रिएका नेवार समुदायमाथि भएको दमनको विरोधमा कांग्रेसले अवरोध गरेपछि दुवै सदन स्थगित भएका हुन् । प्रतिनिधि सभामा कांग्रेसको अवरोधपछि सूचना टाँसेर भोलीसम्मका लागि बैठक रोकिएको हो ।

कांग्रेसको अवरोधपछि १५ मिनेट स्थगित बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै भोली ११ बजेसम्मका लागि रोकिएको हो । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचना निकाल्दै मंगलबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

प्रकाशित मिति: Jun 10, 2019

प्रतिक्रिया दिनुहोस्