Logo
१२ श्रावण २०८१, शनिबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिपरको ठक्करबाट एकको मृत्यु

तनहुँ : शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीमा टिपरले ठक्कर दिँदा आइतबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाको २१ वर्षीय कमल विक छन् । भिमादबाट हलेदीतर्फ जाँदै गरेको ग१ख ७१७८ नम्बरको टिपरले बाटो काट्ने क्रममा साइकलयात्री विकलाई ठक्कर दिएको हो ।

ढाड र हातमा चोट लागेका विकको तनहुँ सेवा अस्पताल दुलेगौडामा प्राथमिक उपचारपश्चात् थप उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्