Logo
१२ श्रावण २०८१, शनिबार
(June 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीको दोस्रो कार्यकालका लागि नयाँ मन्त्रिपरिषद् पहिलो बैठक जुन १२ मा बस्ने

नयाँ दिल्ली : भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि नयाँ मन्त्रीपरिषद्को पहिलो बैठक यही जुन १२ तारिखमा बस्ने भएको छ ।

गत मे ३० तारिखका दिन सपथ ग्रहण गर्नु भएका प्रधानमन्त्री मोदीले झण्डै दुई हप्तापछि मात्रै मन्त्रीपरिषद्को पहिलो बैठक बोलाउनु भएको श्रोतले शुक्रबार जनाएको छ ।

दोस्रो पटक प्रधानमन्त्री बन्नु भएका मोदी सपथ ग्रहणको भोलीपल्टै आफ्ना मन्त्रीलाई मन्त्रालयगत जिम्मेबारी तोक्नु भएको थियो । ती मन्त्रीलाई आगामी पाँच वर्षसम्म आफुले गर्ने प्रमुख कामको प्रारम्भीक योजना बनाउन निर्देशन दिएको हुनाले पनि पहिलो बैठक बस्न ढिला हुन गएको जनाइएको छ ।

पहिलो बैठकमा मोदी सरकारले पाँच वर्षे कार्यकालमा गर्ने मुख्य कामको बारेमा छलफल हुने श्रोतले जनाएको छ ।

प्रकाशित मिति: Jun 8, 2019

प्रतिक्रिया दिनुहोस्