Logo
२५ असार २०८२, बुधबार
(June 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समर्थनमा नारावाजी र फूलमाला सहित मेयर चौधरीको स्वागत : ‘जथाभावी कलम चलाउन पाइदैन’ (भिडियो )

केही दिन अगाडि पत्रकारको नाकको डाँडी भाच्ने धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई नागरिकले समर्थन सहित स्वागत गरेका छन्।

इटहरीबाट बिमानस्थलमा मेयरलाई लिन पुगेका स्थानीयले पत्रकारलाई ‘जथाभावी कलम चलाउन पाइदैन’ भन्दै मेयरलाई स्वागत गरेका हुन्।

स्थानीयले मेयर चौधरीलाई भष्ट्राचार बिरोधी अभियानमा आफू साथ रहेको भन्दै नाराबाजी गरेका थिए।

केही दिन अगाडि पत्रकारलाई लोप्पा खुवाएको र फोनमा नाकको डाँडी भाच्न एक करोड बजेट र एउटा घडेरी छुट्टाएको भनिएको भिडियो सार्वजनिक भएको थियो।

मेयर चौधरीले पत्रकारलाई अभद्र व्यवहार गर्दा चौतर्फि बिरोध भएको थियो।

हेर्नुस् भिडियो  : 

प्रकाशित मिति: Jun 8, 2019

प्रतिक्रिया दिनुहोस्