Logo
२६ असार २०८२, बिहीबार
(June 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारामा ग्यास सिलिण्डर पड्कँदा एकै परिवारका ७ जना घाइते

बारा :  बाराको डुमरवानामा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका दुईसहित ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिडिन्डर पड्किएको हो ।घटनामा ६७ वर्षीय नजरमान थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ रहेका छन् । त्यसैगरी ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा पनि सिलिण्डर पड्किएर घाइते भएका छन् ।

घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएर ग्यास पड्किएको हो ।

प्रकाशित मिति: Jun 7, 2019

प्रतिक्रिया दिनुहोस्