Logo
१२ श्रावण २०८१, शनिबार
(June 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुबईमा सडक दुर्घटना : इद मनाएर फर्किने क्रममा १७ जनाको मृत्यु

दुबई :  युनाइटेड अरब इमिरेट्सको दुबईमा इद मनाएर फर्किदै गरेका १७ जनाको सडक दुर्घटनामा परेर विहीबार राति मृत्यु भएको छ । प्रहरीका अनुसार ५ जना घाइते भएका छन् ।

विहीबार ३१ जना व्यक्ति इदको छुट्टी मनाएर गाडीमा फर्किदै गर्दा सो दुर्घटना भएको हो । उनीहरु ओमानबाट फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो ।

खालिज टाइम्स अखबारका अनुसार मृत्यु हुनेमा विभिन्न देशका नागरिक रहेका छन् । मृतकहरुको शव स्थानीय राशिद अस्पतालमा लगिएको छ भने घाइतेहरुलाई पनि सोही अस्पतालमा उपचार भइरहेको छ । दुवईका प्रहरी प्रमुख अब्दुल्लाह खलीफा अल मर्रीले सो दूर्घटनालाई दुर्भाग्यपूर्ण भएको बताएका छन् । (बीबीसी)

प्रकाशित मिति: Jun 7, 2019

प्रतिक्रिया दिनुहोस्