Logo
१२ श्रावण २०८१, शनिबार
(June 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धाकधम्की दिने नक्कली इन्सपेक्टर प्रहरी नियन्त्रणमा, सई गायब

काठमाडौं :  प्रहरी भन्दै धाकधम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे नमोबुद्व नगरपालिका-१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २० को सौगात लुईटेल रहेका छन् ।

लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई धम्क्याउँदै हिँड्ने योहुना घलेमगर भने फरार छन् । लुईटेललाई बिहीबार पेप्सीकोलाबाट पक्राउ गरेको र घलेमगरको खोजीकार्य जारी रहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनीहरुले जेठ २१ गते सडक पेटीमा हिँड्दै गरेका बल बहादुर सार्कीलाई हामी प्रहरीको इन्सपेक्टर र सई हौं भन्दै चेकजाँच गर्ने बहानामा लछारपछार बनाएर कुटपिट गरी अभद्र व्यवहार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी काफ्लेले बताए ।

सो क्रममा सार्कीको मोबाइल समेत हराएको र सार्कीले प्रहरीमा दिएको जाहेरीको आधारमा उनीहरुलाई खोजतलास गर्ने क्रममा इन्सपेक्टर भन्दै हिँड्ने सौगातलाई प्रहरीले पक्राउ गरेको हो । डीएसपी काफ्लेका अनुसार उनीहरुले स्थानीयलाई प्रहरी हुँ भन्दै धम्क्याउँदै हिँड्ने गरेको पाइएको छ । यसअघि पनि ठगीका विभिन्न घटनामा उनीहरुको संलग्नता रहेको छ ।

पक्राउ परेका लुईटेलमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 7, 2019

प्रतिक्रिया दिनुहोस्