Logo
१२ श्रावण २०८१, शनिबार
(June 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानी माथिको ओभानो नबन्न प्रतिपक्षी दललाई सांसद शर्माको चेतावनी

काठमाडौं : सत्तारुढ दलका सांसद जनार्दन शर्माले गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो नबन्न प्रतिपक्षी दललाई चेतावनी दिएका छन् ।

प्रतिपक्षी दल नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले माओवादीको हिंसात्मक द्धन्द्धका कारण नेपाली युवाहरु विदेश जान बाध्य भएको धारणा राखेपछि त्यसको प्रतिकार गर्दै उनले अरुलाई दोषारोपण गरेर उम्कने काम नगर्न चेतावनी दिएका हुन् ।

उनले संविधान निर्माण लगायत उपलब्धिको श्रेय मात्रै नलिएर सबै कमी कमजोरीको सबैले सामुहिक जिम्मेवारी लिनुपर्ने बताए । उनले सत्तामा बसेर निरन्तर नेतृत्व लिएकाहरुले राम्रा कामका जस मात्रै नभई गल्तीहरुको पनि जिम्मेवारी लिनुपर्ने बताए ।

गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो भएर सुख नपाईने भन्दै उनले सबै जसअपजसको सामुहिक जिम्मेवारी लिनुपर्ने बताए । उनले भने, ‘परिर्वतनलाई, संघीयतालाई, संविधानसभालाई, अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानोको पालामा यसो गर्यौ भन्ने ? अनि त्यसपछि आएर जनयुद्ध, जंगल पसेर सब विनाश गरे भनेर भन्ने ? म जिम्मा लिन चाहन्छु । जनयुद्ध गरेर यो देशको परिर्वतन गर्नेको एउटा कमाण्डर म पनि हुँ । त्यसकारण म पूर्ण रुपमा जिम्मा लिन चाहन्छु । त्यसले दिएको उपलब्धि , परिवर्तनका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु आज विर्सन मिल्छ ? त्यसकारण गल्तीहरुपनि सामुहिक रुपमा लिउँ । त्यहा भएका कमीकमजोरीहरु लिन म तयार छु । र त्यतिबेलाको माओवादी लिन तयार छ । कमरेड प्रचण्ड लिन तयार हुनुहुन्छ ।’

सांसद भुसालले २०४८ साल देखिको मुलुकको आर्थिक अवस्थाको फेयरिस्त प्रस्तुत गर्दे नेपाली काँग्रेसले लिएको नीजिकरणलाई तत्कालीन कम्युनिष्ट पार्टीले पनि सहयोग गरेको तथा २०५० सालमा एक बर्षको अवधिमा ९० हजारको रोजगारी श्रृजना भएको दाबी गरेकी थिइन् । सोही क्रममम उनले तात्कालीन माओवादी द्धन्द्धका कारण युवाहरु विदेशिन बाध्य भएको बताएकी थिइन् ।

उनले भनिन्, ‘जब नेकपा एमालेले नीजिकरणको विरोध गर्दै गयो, अरुण तेश्रो योजनालाई अघि बढाउ भन्दाखेरी त्यसको विरोध गर्दै गयो र आज आएर भारतसँग ५ सय मेगावाट किनेर रोजगारी श्रृजना गर्ने अवसरलाई गुमायो । नीजिकरणको नीतिलाई गुमायो भने अर्कोतिर माओवादीहरु जंगलमा गएर हिंसात्मक द्धन्द्ध गरेर निजी क्षेत्रलाई ध्वस्त पार्दै गए, युवालाई विदेश जानका लागि बाध्य गरे ।

निजीकरणको विरोध गरे त्यसको परिणामस्वरुप नेपाली युवाहरु विदेश जान बाध्य भएका थिए । त्यही भएर नेपाली काँग्रेसको समयमा युवाहरु विदेश गए भन्ने तथ्याँक म निवेदन गर्न चाहन्छु, बालुवाटारको प्रधानमन्त्री कार्यालयमा गएर हेरौं । नेपाली काँग्रेसको समयमा ९० हजार भन्दा बढी युवाहरुले रोजगारी पाएका थिए ।’

प्रतिनिधिसभाको विहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा बोल्न रोष्टम पुगेका सांसद शर्माले सांसद भुसालको अभिव्यक्तिको खण्डन गरेपछि मात्रै विषयवस्तुमा प्रवेश गरेका थिए । प्रगतिशील उत्पादक शक्तिको विकास गरि समाजवाद उन्मुख अर्थतन्त्रमा पुग्ने वहस नै अहिलेको वहसको विषय भएको भन्दै सांसद शर्माले प्रगतिशील उत्पादक शक्तिको विकास गर्दै उत्पादनको साधन र स्रोतमा जनताको सहभागिता विस्तारमा जोड दिनुपर्ने बताए ।

उनले बजेटले समृद्ध मुलुक बनाउने सरकारको नारालाई आत्मसात गरेको, राष्ट्रिय पूँजी निर्माण लगायत विषयहरुमा प्राथमिकता दिएको बताए । गतबर्ष हराएको कर्णाली अहिलेको बजेटमा सम्बोधन भएकोमा उनले धन्यवाद दिए ।

उनले बजेटमा संघीयतको मर्म बोध नभएको ,कृषिमा आत्मनिर्भरका आयोजना प्रभावकारी हुन नसकेको, चालू खर्च बढ्दै जाने र पूँजीगत खर्च घट्दै जानु चिन्ताको विषय भएको, तलबबृद्धि प्रतिशतमा नभई एकमुष्ट तोकिनुपर्ने, बजेट खर्चका लागि ठोस विधि बनाउन नसकिएको टिप्पणी गरे । विगतका सबै उद्योगलाई स्थापित गरि नयाँ उद्योग स्थापना बढाउनुपर्नेमा उनले जोड दिए ।

उनले अर्थमन्त्रीलाई प्रश्न गरे, ‘हिजो बेचिएका उद्योगहरुलाई आज फिर्ता ल्याएर, हिजो लिलाम गरेका उद्योगहरुलाई आज फिर्ता लिएर फेरि जनतासहितको सरकारको सहभागितामा अगाडि बढाउने प्रष्ट नीति तथा कार्यक्रम खै ? किन त्यो गर्नुभएन रु विगतका अर्थमन्त्रीहरुले गरेका गल्तीहरुलाई तपाईहरुले किन सच्याउन चाहनुहुन्न्?’

प्रकाशित मिति: Jun 6, 2019

प्रतिक्रिया दिनुहोस्